Saturday, December 21, 2013

Thakurbaba: God to the Tharus

By Pat Kauba
(Courtesy: ECS, Photos: Pat Kauba/ECS)
The Ram temple in Bardia National Park adds a touch of mystique to the legend of the Tharubaba

A young boy, no more than seven years, works his way around a small temple in Bardia National Park. He sweeps between the large pillars of the Rajasthani style Ram Temple, far removed from the desert, but in the pre-monsoon season, not so far from its heat. He moves with repetition, confident of his work, repeated too many times to count. A tap fills pales of water, and he commences to strew it left and right, washing walls and paths around the temple’s inner sanctum—before proceeding inside.

Bells hang from the roof, near the door; small, medium and large. Worn beyond identity some ring-out the auspicious Aum and some just clung. The boy moves through the door into the dimly lit room. He begins washing the four-foot statue of Thakurbaba, the local Tharu peoples name for Lord Vishnu, also another incarnation of his is Lord Rama. The statue has a deep, near black hue, aged beyond centuries. Next he moves onto a statue of Lord Hannuman, the monkey formed deity who represents unquestionable devotion through his love for Ram and his wife Sita; the boy repeats his task.

His job done, he moves outside to complete more tasks. In the yard around the temple’s perimeter wall is a duni or religious fire, long decommissioned. Nowadays it is used only during Dashain festivities He moves onto a small white temple to Bolenath (Shiva), proceeding to wash the lingam (phallus) inside.

With few words and no complaints, the boy moves onto his most interesting last task. A pieced together wall of carved stone, only two feet tall and about six across. Pieces of a large statue that fits together, telling a long-lost and unknown story. Only some sections are present, many others have been either lost to time, or uncollected, making the tale incomplete. At the far left side of the wall is a bust of Durga Devi, wife of Lord Shiva in her representation as pure shakti or power. She looks ferocious, wielding a blade above her head, but to strike what; is unknown and lost. The stone shares the same tone as Thakurbaba.

The burning glare
A small matchbox size Durga/Parvati Temple on an adjacent hill doesn’t get the boys attention today. I ask where the pujari (temple priest) is, “My grandfather is away,” he answers, with an indefinite return. His grandmother watches from a hut between the two temples. She wears tulsi beads (basilica seeds used for meditation by those who abstain from meat and alcohol) and an untrusting glare. She is slowly reluctant to share any of the temple’s stories with me. Strangely though, she offers me the kind gesture of staying for dinner, informing me that her husband is the pujari, and he’s a Sitaram baba.

The next day I come to learn the story of how Thakurbaba and the stonewall came to be through locals.

Have I got a story for you
One tourist guide comes visiting the temple with a French couple; he gives his knowledge freely, even too much so. He tells of a jhankri or shaman, who was walking through the park more than 150 years ago. He was on the road to holy Mt. Kailash in southern Tibet, home to Lord Shiva and his wife. These were the days long before immigration officers. Strapped to his back was the large statue of Thakurbaba. He decided to rest next to the park and one of its streams for a day or two. But on the morning he was to continue to Kailash, no force could get the statue back onto his back and moving again. He believed he was meant to keep the statue where it was, and so it remained.

I sat looking at the man, but found his story a little too strange to understand, especially considering the size of Thakurbaba and its sheer weight. And also, how did the wall, with Durga’s image come to be?

Unsatisfied I continued investigating.

Digging around
People filled me with plenty of random knowledge. Most couldn’t tell me how old Thakurbaba was, or where he came from. Most people also dismissed the previous story. They were happy to tell how many years ago the temple owned a large area of land, 12 bigha, and more than 100 cattle. Which anywhere, to anyone, is a vast wealth. But time, depths and tigers took care of all that. Some talked, saddened, how arti puja, the worship of the rising and setting sun was no longer observed, how the duni lay empty and how little ever happened at the temple. But still, nobody could tell me about the wall and statue.

Still unhappy with the answers I had, I was near ready to give up on finding out the tale during my journey into western Nepal’s Tarai flatlands, until, an eventful meeting on my last night. A man with a deep interest in local lore and Hinduism, had heard of my inquiries and wished to share his version of events.

He told me how many centuries ago a farmer was digging down by the river, when he hit upon a lump of rock. So the man dug further around the lump, eventually and to his surprise uncovering a statue. Not knowing what to do, the man ran to the great king (more likely the local chief) who upon hearing about the find, demanded the statue to be dug up and brought to his home. The next day many workers starting digging to bring out the statue for the king, but to no avail. Waters mysteriously rose around both workers and statue. Then the pond became infested with snakes. That night, at a loss of ideas, the king retired for restless sleep.

And so it was
In a deep sleep, the king dreamed that the statue was talking to him. It tells him not to remove the statue from its place or there will be grave consequences for him. In the morning, shaken, the king called for the digging to cease and ordered a temple built on the site for the statue to remain with the Tharu people. And as for the wall of carvings, this turned up in or near the river, piece by piece in the years since, mostly after large rainfall or when fields were ploughed.

I don’t know if the tale is a true account, but for me it was more believable than the statue being carried from India. Personally I always enjoy a bit of the mysterious or unexplainable. But it doesn’t matter, for like most things of this nature, it is all a matter of faith and belief. If you are in the area, go check and ask around for yourself, maybe you can uncover the truth, or even a missing piece of the wall and its puzzle.

Pat Kauba is a freelance writer and photographer with a love for the human spirit and its identities. He can be contacted at 

Read the original post at

Read another interesting post by the author.

Tuesday, December 10, 2013

किसान नेता राधाकृष्ण थारू

(c) Man Bahadur Chaudhary/
कृष्णराज सर्वहारी

राजनीतिलाई कमाइखाने भाँडो बनाउने त धेरै छन् तर राजनीतिमै निष्ठापूर्वक आजीवन लागेर प्राण उत्सर्ग गर्ने राजनेताको कमी छ। बर्दियाका राधाकृष्ण थारू त्यस्तैमध्ये एक थिए, जो भूमिहीन किसान सुकुम्बासीका अगुवा रहे। २०१५ सालमा बर्दिया क्षेत्र नं. ६४ बाट प्रतिनिधि सभामा नेपाली कांगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमिहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ। 

त्यसताका बीपी कोइरालाले उनलाई मन्त्री मण्डलको सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भनेका थिए– परशुबाबु पढे/लेखेका शिक्षित गे्रजुएट छन्। म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ।

परशुनारायण शिक्षा मन्त्री तत्काल बनाइए पनि। परशुनारायण नेपाली कांगे्रसको महामन्त्रीसम्म रही पछि पञ्चायत प्रवेश गरेर मन्त्री भई सुविधाभोगी राजनीतिमा लागे तर राधाकृष्ण थारू कांगे्रसको राजनीतिक लिकबाट कहिल्यै टसमस भएनन्। वि.सं. १९६७ मा जन्मिएका उनको २०४५ साल मंसिर २५ गते निधन भयो, त्यसबेलासम्म उनी नेपाली कांगे्रस बर्दियाको सभापति थिए। राजा महेन्द्रले लोकतान्त्रिक सरकारलाई २०१७ पुस १ गते 'कु' गरी निरकुंश पञ्चायती व्यवस्था थोपरे। त्यसबेला राधाकृष्णको बर्दियाको कोठिया र रत्नापुर गाउँस्थित घर प्रशासनले सिल गर्यो। पक्राउ पुर्जी जारी गरिएका उनी सपरिवार भारत प्रवास हुन बाध्य भए। पछि सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफीको घोषणा गरेपछि उनी २०२५ सालमा नेपाल आए।

राधाकृष्णको राजनीतिक यात्रा केलाउँदा धार्मिक अभियानबाट सुरु गरेको देखिन्छ। राणाकालमा सभा, भेला गर्न/गराउन पाइँदैनथ्यो। तर २००१ सालमा उनले बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी) हरूको सम्मेलन गराए। सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे। उनले रैतीहरूको नाममा जग्गा हुनुपर्ने आवाज उठाए। २००३ सालमा उनले रैतीहरूबाट सही छाप गराएर उनीहरूको नाममा जग्गा हुनुपर्ने भनी विन्तीपत्र चढाउन श्री ३ पद्मशमशेरकहाँ काठमाडौँ गए। व्यवस्था विरोधी कांगे्रसी भएको विरोधीहरूले बात लगाएपछि डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे। उनले श्री ३ समक्ष विन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई उनीहरूको नाममा जग्गा जमिन हुनुपर्यो भनेर विन्ती चढाउन आएका हौं।

त्यसपछि राधाकृष्णले छुटकारा पाए। उनले चढाएको विन्ती पत्रले काम गर्यो। २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगाहा जग्गा भूमिहीन रैतीहरूको नाममा गरिदियो। तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन्। राधाकृष्ण थारूले पुनः आन्दोलन चलाए। पछि अधिकार सम्पन्न आयोग बर्दियामा पठाइयो, जसले २५ हजार विगाहा जग्गा भूमिहीनहरूको नाममा गरिदियो। त्यसपछि उनी जमिनदारविरुद्ध अर्थात् बेठबेगारीविरुद्ध अभियानमा पनि लागे।

राणा शासन ढलाउन २००७ सालको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाईमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो। क्रान्तिकारीहरूले बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन स्थानीय क्रान्तिकारी सरकारका रूपमा समितिसमेत गठन गरिएको थियो। राधाकृष्णका दुई भाइ छोरा पनि पछि सभासद भए। २०५६ को प्रतिनिधि सभामा मंगलप्रसाद थारू कांगे्रसबाट सभासद चुनिएका थिए भने अर्का छोरा गोविन्द थारू नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा आन्तरिक विधायक चुनिएका थिए। यसरी थारू समुदायमा एकै घरका ३ जना सदस्य सभासद चुनिएको राधाकृष्णको परिवारमात्र हो।

मेलमिलापको नीतिपछि स्वदेश फिर्ता भएका राधाकृष्ण थारू अस्वस्थ थिए। तर ४ वर्ष लगातार प्रशासनमा तारेख धाए। पछि केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधान पञ्चको उमेदवारी दिएपछि उनलाई प्रशासनले दुःख दिन छाड्यो। प्रशासनलाई लाग्यो, राधाकृष्णले पञ्चायतको समर्थन गर्यो तर उनको मनमा कांगे्रसबाहेक अर्को राजनीतिक आस्थाले स्थान पाएन। २०१७ सालको कुमा जफत गरिएको सेफ प्रशासनले उनको छोरा मंगलप्रसाद २०५६ मा सभासद भएपछि मात्रै फिर्ता गर्यो। अर्को छोरा गोविन्द थारूका अनुसार सेफभित्र आमाको बिहेका कपडाबाहेक अरु केही थिएन। चालीसौँ वर्षसम्म प्रशासनको चौरमा राखिएको सेफ खियाले थोरै खाएको थियो तर राधाकृष्णको परिवारले साँचो फेला नपर्दा, फुटाएर पनि सम्भव नभएपछि सेफ खोलेर हेर्न सकेन।

राधाकृष्ण थारूको सम्मानमा बर्दियाको सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामाकरण गरिएको छ। चोकमा उनको अर्धकदको शालिक पनि ठड्याइएको छ। भूमिहीनविरुद्ध राधाकृष्ण आजीवन लडे तर बर्दियाका भूमिहीन, मुक्त कमैया भने अझै पनि उनकै शालिक घेरा हालेर अधिकार प्राप्तिका लागि धर्ना दिन बाध्य छन्। आफूले सोचेको सपना पूरा नभएपछि उनको आत्माले पक्कै पनि शान्ति पाएको छैन होला। उनको नाममा राधाकृष्ण थारू जनसेवा केन्द्र संस्थासमेत खोलिएको छ। संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले राधाकृष्णको नाममा पार्क बनाउने घोषण गरे पनि त्यो गर्भमै छ। सभासद रहिसकेका छोराहरूले समाजसेवामा राधाकृष्णले गरेको लगानीको ब्याज त खाइरहेका छन् तर उनको सपना पूरा गर्ने खाका भने बनाएका छैनन्।

साभारः नागरिक दैनिक

Saturday, December 7, 2013

इतिहासको पानामा गुमनाम परशुनारायण

कृष्णराज सर्वहारी

२०६९ मंसिर २१ गते थारू राजनेता परशुनारायण चौधरी यो धर्तीबाट सदाका लागि अस्ताए। उनको नश्वर चोला विदा भएको ठीक एक बर्ष पूरा भयो। हालैको संविधानसभाको चुनावमा थारू समुदायका कति सभासद विजयी भए? समानुपातिकमा थारू समुदायबाट को को सभासदमा पर्लान्? सर्वत्र चर्चा छ, तर राजनीतिमा थारूहरूलाई संरक्षकको रुपमा डोर्याउने राजनेता परशुनारायणलाई सम्भि्कने फुर्सद कसैलाई छैन।

गएको बर्ष उनको ११ औँ पुण्यतिथिको अवसरमा मैले एक लेखमा विचार पोखेको थिएँ कि उनको नाममा कुनै ट्रष्ट, सम्झना कोष या प्रतिष्ठान खडा होस्। प्रत्येक बर्ष मंसिर २१ गते सम्झना दिन स्वरुप मनाउँदै कुनै पुरस्कार स्थापना गर्न सकिए उनीप्रति सच्चा श्रद्धान्जली ठहरिने थियो। तर यो एक बर्षको अवधीमा परशुनारायणलाई सम्भि्कनलायक कुनै काम न त राजधानीबासी, न त उनका गाउँवासी (गोवरडिहा, देउखर) ले गरेको सुन्नमा आयो। अहिले पहिचानको राजनीतिले ठाउँ पाएको छ। विभिन्न गोत्र, बंशहरूको पनि संगठन खुलेका छन्। परशुनारायण सतगौंवा गोत्रका थिए। देउखुरीमा खड्गनारायण चौधरीको अध्यक्षतामा सतगौंवा थारू समाज गठन गरिएको छ। जिउँदो छँदासम्म उनलाई समाजको संरक्षक बनाइएको थियो, तर मृत्युपछि आफ्नो संरक्षकलाई जीवन्त बनाउन उनको नाममा कुनै कार्यक्रम गर्नु त टाढाको कुरा स्मारिकासम्म प्रकाशित गर्न उचित सम्भि्कएन सतगौंवा समाजले। यो भन्दा विडम्वना अरु के हुन सक्ला।

शायद २०६१ सालमा होला, गायक रेशम चौधरीले परशुनारायण चौधरीलाई नेपालभरिको थारू समुदायको …बरघर’ (अगुवा) चुनेको घोषणा गरेका थिए। माघीको अवसरमा भृकुटीमण्डपमा भएको माघी महोत्सवमा उनलाई बरघरको फेटा बाँधेर सम्मान गरिएको थियो। वास्तवमा परशुनारायण थारू समृदायको बरघरको हकदार त छँदै थिए, नेपाली राजनीतिमा उच्च स्थान बनाएका राजनेता थिए। उनको बराबर अव सायदै कुनै थारू राजनीतिम शिखर चुम्न सक्लान्। तर उनको देहान्तको एकै बर्षको अवधीमा उनलाई सम्भि्कने कोही भएन।

कुनै समय नेपाली काँग्रेसका हस्ती परशुनारायणको पञ्चायत प्रवेश र पछिल्लोपटक राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी राख्ने हो भने पनि उनी उल्लेख गर्न लायक व्यक्तित्वमा अग्रिम पंक्तिमा पर्छन्। काशी विश्वविद्यालयमा पढ्दा–पढ्दै वीपी कोइरालाको संगतमा लागेका उनी आफ्नो गृहजिल्ला दाङदेउखुरीमा काँग्रेसको मलजल गरे, राणाशासन बिरुद्ध लडे। २०१५ सालको आमनिर्वाचनमा दाङबाट निर्वाचित यी व्यक्तित्व वीपीको प्रधानमन्त्रीत्वमा शिक्षा मन्त्री भए। आफ्नो गाउँ गोवरडिहामा विद्यालय स्थापना गरे। देउखुरी उपत्यकाबाट पुराना पुस्ताका जतिले शिक्षा पाए, सोही विद्यालयमा पढे।

२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपीको प्रजातान्त्रिक सरकारलाई …कू’ गर्दा परशुनारायण एक बैठकको सिलसिलामा विदेशमा थिए, उतैबाट भारत निर्वासित भए। मेलमिलापको नीतिसँगै ९ वर्षको निर्वासनमा पछि उनी वीपीसँगै २०२५ सालमा नेपाल आएका थिए। उनको लगनशीलताले नेपाली काँग्रेसमा उनले वरिष्ठ महामन्त्रीको पद पाएका थिए। वीपीले बारम्बार भन्ने गरेका थिए– …मेरो शेषपछिको उत्तराधिकारी तपाई नै हो। तर उनी २०३८ सालमा एकाएक पञ्चायत प्रवेश गरे। त्यसबेला वीपीको टिप्पणी थियो– चौधरी सुविधाभोगी राजनीतिमा लहसिए।

पञ्चायत प्रवेशपछि उनी पञ्चायत नढल्दासम्म लगातार मन्त्री बनिरहे। उनको गल्ती छयालीसको आन्दोलन दवाउन प्रतिकार समितिको संयोजक बन्नु रह्यो। तर पञ्चायतमा रजगज गरेका अर्जुननरसिंह केसीहरू काँग्रेसमा प्रवेश गरेर चोखिए। अञ्चलाधीश रहेका सूर्य बहादुर सेन ओलीहरू माओवादीमा छिरेर क्रान्तिकारी भए। छयालिसको आन्दोलनपछि परशुनारायण माउ पार्टी काँग्रेसमा नछिरेका होइनन्। तर २०४८ को चुनावमा उनलाई टिकटबाट वञ्चित गरियो। स्वतन्त्र उमेदवारको पर्चा छापिएर आए पनि बाँडिएन। उनले आफ्नो उमेदवारी फिर्ता लिएको अनौठो समाचार सुन्नमा आयो।

स्वतन्त्र उमेदवारी फिर्तापछि पनि कांग्रेस पार्टीमा उनलाई कुनै स्थान दिइएन। अन्ततः उनी राप्रपामा छिरे, २०५६ मा सोही पार्टीबाट संसदीय चुनाव लडे तर पछारिए। प्रतिद्वन्दीका रुपमा उनकै भतिजा खेमनारायण चौधरी मालेबाट चुनाव लडेका थिए। राजनीतिमा आफू असफल भएको उनलाई लाग्यो। निस्त्रि्कय जीवन बाँचिरहेका उनलाई राजा ज्ञानेन्द्रले राजसभा स्थायी समितिको सभापति बनाएर प्रयोग गरे। उनीमाथि निष्ठाको राजनीति नगरेको आरोप लाग्यो। मण्डलेको आरोपबाट उनी चोखिएनन्। मृत्युवरणपछि उनको माउ पाटीं काँगे्रसले, न त आफूले स्थापना गरेर हुर्काएको नेपालको पहिलो सामाजिक संस्था थारू कल्याणकारिणी सभाले नै शोकको सामान्य विज्ञप्तिसम्म जारी गर्यो।

छयालीसको आन्दोलनपछि बनेको दोश्रो लोकतान्त्रिक सरकारको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरे। धेरैको भनाइ सुनियो– यदि परशुनारायण पञ्चायत प्रवेश नगरेको भए आज उही एउटा थारूको छोरो प्रधानमन्त्री हुन्थ्यो। तर यो आँकलन हावामा तीर हानेझैँ लाग्छ। निश्चय पनि वरिष्ठ महामन्त्रीको हैसियतले उनी त्यसको हकदार हुन्थे तर राजनीतिमा बाहुनवाद हावी भएको वेला उनको के सुनुवाइ हुन्थ्यो र? काँग्रेसमा पछिल्लोपटक सर्वोच्च नेता गणेशमानसिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको अवस्था देखिएकै हो, दुवैले पार्टी परित्याग गरे। परशुनारायणले उल्टो दिशाको राजनीति गरे भन्ने कांगे्रसीहरू आज आफै उल्टो दिशामा, यथास्थितिबादको राजनीतिमा कुहिरोको काग भएका छन्, संघीयता उनीहरूलाई पचिरहेेको छैन। अझ भट्टराईले त राजा ज्ञानेन्द्रको कदमको खुलेरै प्रशंसा गरेका थिए, उनको सम्झनामा भक्तपुरको बाँडेगाउँमा आश्रम बन्यो। तर परशुनारायण जीवनको अन्तिम घडीमा पाटन अस्पतालको सामान्य बेडमा मृत्युसँग लडिरहे। सामान्य खोकीको उपचार गराउन बैँकक, अमेरिका धाइरहेका मन्त्री, सरकारको नजर उनको गिर्दो स्वास्थ्यमा पर्दै परेन।

थारू समुदायबाट राजनीति गर्ने जति हस्ती छन्, परशुनारायणको उचाइ लिन शायदै सक्लान्। उनी ७/८ वर्ष मन्त्री भएको, केही समय राजसभा स्थायी समितिको सभापति भएको गणना त सबैले गरे तर उनी दशक बढी निर्वासनमा बिताएको, राणा शासनको खिलाफमा लडेकोमा कसैले दृष्टिगत गरेनन्। पछिल्लो कालमा छोरी, श्रीमती गुमाएका उनी दुवै छोराहरू पनि विदेशिएका कारण नितान्त एक्लो जीवन विताइरहेका थिए।

भलै आर्यघाटको मृत्युशैयामा चीर निन्द्रामा पल्टिएका बेला परशुनारायणको मुहारमा सन्तोषको भाव झल्किन्थ्यो। अन्तिम संस्कारमा उपस्थित नभएका छोराहरूलाई सन्देश पो थियो कि– छोराहरू म आफू बाँचुन्जेल देशकै सेवा गरेर मरें, तिमीहरू पनि स्वदेशमै आउ, म त गुमनाम भएर बितें, तिमीहरूले मेरो नामलाई उचाइमा पुर्याउ। तर उनको परिवार, थारू समाज, यो देशले उनको योगदानको उचित मूल्याङ्कन गर्न कञ्जुस्याइ गरिरहेको छ। उनी अव सदाको लागि गुमनाम हुँदै छन्।

गएको बर्ष परशुनारायण चौधरीको तेह्रौं पुण्यतिथीमा सहभागिता जनाउन उनको निवास भक्तपुरको लोकन्थली जाँदा मैले देशका ठूला भनाउँदाहरू कोही देखिन। जेठो सपरिवार अमेरीका र कान्छो सपरिवार चेक गणतन्त्रमा बस्ने उनका दुवै छोराहरू तेह्रौं पुण्यतिथीमा आएका त थिए तर निकैबेर बस्दा पनि बाबुको सपना साकार पार्ने कुनै खाका उनीहरूले सुनाएनन्। अझ बर्खीको नाममा सेतो टोपी समेत नलगाएका कान्छा छोराको तस्विर लिन खोज्दा उनले मलाई अनुमति नै दिएनन्।

उनको घर परिवारका सदस्यहरूले भलै नसम्भि्कऊन्, थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा लगायत उनका शुभचिन्तकहरूको ध्यान परशुनारायण चौधरी स्मृति प्रतिष्ठान स्यापना गर्नेमा हुनुपर्छ। उनको गाउँ देउखुरी गोवरडिहा गाउँको चौराहामा समेत उनको शालिक ठड्याउन नसक्ने थारू समुदायको ठूलो कमजोरी हो।

साभारः २१ मंसिर, नागरिक दैनिक, पश्चिमेली