सरिता चौधरी
लोकसाहित्यमा रहेको इतिहासको महत्वपूर्ण अध्याय मध्य एक हो थारु अष्टिम्की जसबाट थारु जीवन, जीवनपद्धति र चिन्तन शैलीका बारेमा पनि धेरै कुरा बुझ्न सकिन्छ । थारु लोकसाहित्य लोककलामा थारुहरूको इतिहास ब्याप्त रहेको हुन्छ । थारु जातिमा रहेको लोककला, लोकसाहित्य र लोकदर्पणले मानव सभ्यताको संरक्षण, सम्बर्धन र जातीय अस्तित्वको बोध गर्दछ । त्यसमा पनि अष्टिम्की चित्रकला त्यसभित्रको लोकदर्शणले मानिसलाई धर्मप्रति आस्थावान् गराइदिएको छ जसले थारु संस्कृतिको इतिहासलाई गति प्रदान गरेको छ ।
भाद्र कृष्णाष्टमीको दिन (कान्हाको जन्मदिवसको रुपमा दंगौरा थारु यूवतीहरूद्वारा पूजन गरिने अष्टिम्की अति नै महत्वपूर्ण मानिन्छ) अष्टिम्की पूजन गरिने भगवानको विराट स्वरुपलाई माटाको डेहरीरूपी क्यानभाषमा चित्राङ्कण गरिन्छ । यूवतीहरू कान्हासँग आवद्ध हुन आफ्नो मनमष्तिस्कलाई अष्टिम्की पूजनद्वारा समर्पित गर्ने गर्छन् । थारु लाकसाहित्यमा रहेको अनुपम ज्ञानको स्रोत अष्टिम्की कृष्ण जन्माष्टमीको दिन पूजन गरिने भित्ते चित्रले सृष्टिको कालखण्डलाई मूर्तरुप दिन खोजेको छ । अष्टिम्की कुनै नविनतम् नभएर यूगौंयुगान्तर चली आएको संस्कृति हो । मटावाँको घरमा भाद्र कृणाअष्टमीको दिन अष्टिम्की पूजनको लागि अष्टिम्की भित्ते चित्र कोर्ने गरिन्छ । जुन थारु यूवतीहरूद्वारा पूजन गरिन्छ ।
अष्टिम्कीको दिन बिहानै घर लिपपोत गरी शुद्ध गरिन्छ भने अष्टिम्की चित्रकारद्वारा पनि स्नान गरी निराहार ब्रत बसी माटोको डेहरीमा कान्हाको विराट स्वरुपलाई चित्राङ्कन गरिन्छ । त्यसैगरी ब्रतालु यूवतीहरू नुहाई धुवाई गरी विभिन्न प्राकृतिक वस्तुबाट रङ निर्माण गर्छन् । जस्तै पवैंको रातो रङ, लौकाको खप्ती जलाएर कालो रङ आदि ।
सर्वप्रथम कान्हाको विराट रुपलाई चित्राङ्कन गरी सृष्टिको विकासक्रमलाई अगाडि बढाइन्छ । चित्रलाई तीन खण्डमा बाँडिन्छ । सृष्टिको विकासक्रमलाई चित्रको पिंधबाट अगाडि बढाइन्छ । सर्वप्रथम जलासयको निर्माण गरी त्यसभित्र माछा निर्माण गरिन्छ । जलासयमा डुंगा निर्माण गरिन्छ जसमा प्रथम थारु प्रजापति “गुर्वावा” थारु लोकग्रन्थ सहित आफ्ना प्रेरितहरूसँग डुंगामा आसिन हुन्छन् । थारु लोकग्रन्थ “गुर्वावक जर्मौटी” अनुसार हरेर कल्पमा जब जब यो सृष्टिको जलप्रलय हुन थाल्दछ तब गुर्वावाले आफूरचित ग्रन्थहरू र आफ्ना शिष्यहरूलाई यही डुंगामा आसिन गराएर पुनः नयाँ सृष्टि आरम्भ गर्दछन् । जलासयभित्र गंगटा, माछा, कछुवा, गोही आदि जलचरहरु चित्रित गरिन्छन् ।
यी जलचरहरूले तेस्रो यूग अर्थात अगभग ५८–२८ करोड वर्ष पहिलेको पुराजैवीक यूगको स्मरण गराउँछन् । जुन युगमा उक्त जीवहरूको उत्पत्ति भएको थियो । भूगर्भशास्त्रअनुसार ३९ करोड वर्ष पहिले शुरु भएको पुराजैविक युगमा माछाको उत्पत्ति भएको थियो । थारु लोकग्रन्थ गुर्वावक जर्मौटीमा उक्त माछालाई “रैनी मछर्या” भनिएको छ । यसैकालमा पुराणमा मत्स्य युग मानिएको छ । वैज्ञानिकहरूका अनुसार यस यूगलाई डिमोनियम उपयुग भनिएको छ । गुर्वावक जर्मौटी अनुसार गुर्वावाले गङ्गटा र गँड्यौलाकै सहयोगबाट पाताललोकबाट “अम्मरमाटी” (माटो) मगाएर स्थल मण्डलको निर्माण गरेका हुन् । वैज्ञानिकहरूका अनुसार गङ्गटा र गँड्यौला उत्पत्ति भएको यूगलाई क्याम्ब्रियन र सिलुरियन उपयुग मानिन्छ । यस युगमा विभिन्न जीवजन्तुको उत्पत्ति भएको कारणले महत्वपूर्ण मानिन्छ ।
पिंधको मध्य भागमा कदम्बको वृक्ष चित्रित गरिन्छ जसमा कान्हा आसिन भएर बाँसुरी बजाइरहेको हुन्छन् । थारु लोकका अनुसार कदम्ब कान्हाको प्रिय वृक्ष थियो । सो वृक्षमा कान्हामात्र नभएर बाँदरपनि चित्रित गरिन्छ । थारु लोकग्रन्थ अनुसार गुर्वावक जर्मौटीका अनुसार सिद्धपुरुष र मानसी पुत्रीको तर्फबाट जन्मेका सन्तान बाँदर स्वरुप थिए । जुन काल ७–१४ करोड वर्ष पहिलेको पाँचौं युग अर्थात् सिनोर्जाइक युग थियो । डार्विनको विकासवादको सिद्धान्तअनुसार मानिसको विकास बाँदरस्वरुपबाट भएको मानिन्छ ।
जलासयमाथि दायाँतर्फ गोलो आकारको पुरैनको पात चित्रण गरिन्छ । पुरैन कमलको सानो रुप हो । सृष्टि पुरैनको पातनेर बरमुर्वा (बार शिरयुक्त रावण) चित्रित गरिन्छ । रावणको यो भयानक रुपलाई भने पूजन गरिदैन । सृष्टिमा सत्य र दयाका पात्रका साथसाथै असत्य निर्दयी हिंसात्मक स्वभाव भएका दानवीय स्वरुपको पनि सृष्टि गरिन्छ जसले असत्य र हिंसाको बाटो त्यागेर सत्यको बाटोतिर लाग्न प्रेरित गरेको देखिन्छ । रावणलाई अष्टिम्की चित्रणमा जोड्नुको औचित्य तीन युग सत्य, त्रेता, द्वापर र कलीमा भगवानका प्रतिद्वन्द्वी असत्यवादका प्रतिमूर्ति कार्यमा रहेको चित्रण गर्दछ ।
मध्यखण्डमा विवाहमा दुलहाको तर्फबाट दुलही अन्माउँदा प्रयोग गरिने थारु परम्परागत डोली चित्रित गरिन्छ जसलाई दुईजना डोल बोक्वाहरूले बोकेका हुन्छन् । त्यस डोलीमा पाण्डवहरूले अन्माउँदा गरेको द्रोपतीको चित्रण गरिन्छ । डोलीमाथिको पंक्तिमा पाँचवटी द्रोपतीहरू र सो माथि पाँच पाण्डवहरू चित्रित गरिन्छ । एउटी द्रोपतीका लागि अलग अलग स्वभावका पाँच पतिहरूसँग समन्वयात्मक वैवाहिक जीवन विताउनु चुनौतिपूर्ण भएको मनोविज्ञानले संकेत गर्दछ अष्टिम्कीले । शीर्षस्थानको दायाँतर्फ सुरुजभरार (सुर्य), बाँयातर्फ जोन्ह्या (चन्द्रमा) चित्रित गरिन्छ । सुरुज भरारलाई थारुलोकले जीवनदाता देवताको रुपमा हरेक प्रकारको गीत गाउँदा समरौटीको मंगलचरणमा स्मरण गरिन्छ ।
अष्टिम्की चित्रण पश्चात् थारु यूवतीहरू स्नान गरी श्रृगारले सु–शोभितभई थालमा पूजन सामग्री चामल, घुन्यासरको फूल, ज्यामिर, पालाको बत्तिलिई मटावाँ (गाउँ प्रमुख) को घरमा अष्टिम्की टिक्न (पूजन गर्न) घर–घरबाट लामबद्धभई निस्कन्छन् । सर्वप्रथम मटावाँकी पत्नीबाट पूजन आरम्भ हुन्छ । पूजनका लागि फूलपाती र जल राखिन्छ साथै अष्टिम्कीमा सिन्दुरले पूजन गरिन्छ । अष्टिम्की चित्रमा चित्रित सबैलाई सिन्दुरले टिक्ने (पूजा गर्ने) गरिन्छ भने रावण पूजिदैन केवल असत्यको प्रतिक राखिन्छ । जल आचमन गरी थालको प्रसाद चढाइन्छ । सबै थारु पूवतीहरुद्वारा पूजन गरिन्छ । ब्रतालुहरू पूजनपछि घर फर्की फलाहार गरी पुनः मटावाँको घरमा फर्की अष्टिम्कीया गीत गाइन्छ । रातभर जाग्राम बसी ब्रहमाण्डको सृष्टिदेखि कंश बधसम्मको दुई समूहमा विभाजित भई बाद्यवादन रहित गीत गाईन्छ । रातभरि पालाको बत्ति निभ्न दिइदैन ।
बिहान ३/५/७ थरीका तरकारी र प्रसादको रुपमा भात पकाउने गरिन्छ । पुनः श्रंगारले सु–शोभित भई अष्टिम्की पूजन स्थलबाट चामल बाहेक अन्य पूजन सामग्री टपरीमा उठाई स्थानीय जमुनामा सेलाउन लगिन्छ र पुनः जमुनाको किरानामा पूजन सामगी्रमा सिन्दुरले पुजा गरी जल आचमन गरी धुपदिपले पुजा गरी जमुनामा सर्वप्रथम मटावाँकी पत्नीद्वारा सेलाई अन्यले सेलाउने गरिन्छ । सेलाउँदा रोग ब्याधी, घाउ खटिरा पनि पानी सँगसँगै जाओस् भनी कामना गरिन्छ । ब्रतालुहरू नुहाइधुवाई आ–आफ्नो घर फर्की अग्नि देवतालाई प्रसादको रुपमा रहेको भात तरकारी हवन गरिन्छ । जसमा घ्यूको हवन गरी जल आचमन गरिन्छ ।
अष्टिम्कीबारे अन्य लेख
संस्कृतिमा समृद्ध थारु अष्टिम्की त्यसको प्रमाण
थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व
(c) Ujyaalo Online/Santosh Dahit |

No comments:
Post a Comment